बुट्टाबारी ।


बन्दी सहायता नेपाल (पिए) को आयोजनामा ‘स्वास्थ्यका लागि साइकल यात्रा’ नाराका साथ छ जना बिदेशीसहित ३२ जनाले साइकलिङ गरेका छन् । झापाको बिर्तामोडस्थित मुक्तिचोकबाट बुधवार (आज) शुरु भएको साइकलिङ शनिश्चरे, सालबारी झिल हुँदै १५ किलो मिटरको साइकलिङ यात्रापछि अर्जुनधारा –११ स्थित बन्दी सहायता नेपालको कार्यालयमा आएर सम्पन्न भएको थियो ।

साइकलिङ कार्यक्रम समापन पछि अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरिएको थियो । कार्यक्रममा बन्दी सहायता नेपालद्धारा सञ्चालित जुनकिरी बिद्यालयलाई निरन्तर सहयोग गर्दै आएका स्टिम वालेन,स्टिम मेरुम, निकोल लोगो ग्यापरियल, नान्सी, पिटर र साङ्गे पाल्देन शेर्पा र राष्ट्रिय खेलाडी हेम नारायण चौधरी बिदेशी सहित स्थानीयलाई सम्मान गरिएको थियो ।

बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखा अध्यक्ष जगतबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । बन्दी सहायता नेपाल पूर्वाञ्चल शाखा अध्यक्ष जगतबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खेलकूद बिकास समितिका अध्यक्ष प्रशान्त भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । 

विशिष्ठ  अतिथि आयोजक बन्दी सहायता नेपालकी केन्द्रिय अध्यक्ष इन्दिरा राना मगरले स्वच्छ नगर र स्वच्छ जीवन र प्रर्यटन बिकासको लागि साइकलको आवश्यकता रहेकोबताइन् ।   साइकल ब्यवसायी आकाश श्रेष्ठले अब साइक्लिटहरु सगठित बनाइ झापामा आर्थिक र इन्धनको खपत गरिने योजना बनाउने बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका भण्डारीले साइकलिङलाई संगठित गरेर आए राष्ट्रिय खेलका रुपमा समावेश गर्ने पहल गर्ने साथै जिल्ला खेलकूद बिकासले पनि सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

त्यसै गरि जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका प्रहरी चन्द्र बस्नेतले मापदण्ड अनुसार सबै यात्री तथा यातायातहरुलाइ सहज हिड डुल गर्न ब्यवस्थित सडकको निर्माण र सहरीकरण गरे दुरघटनाबाट  जोखिम कम हुने र साइकलले स्वास्थ सगै प्रदुषण मुक्त र आर्थिक ब्यवभार कम हुने बताए । त्यस्तै बिशिष्ठि अतिथि इन्दिरा रानाले साइकलिङहरुको एउटा संस्था बनाएर स्वास्थ्य तथा समृद्ध नगर बनाउने योजना साथ साइकलिङ कार्यक्रम गरिएको बताइन् । 

कार्यक्रममा नारायण लिम्बुका छोराबुहारी दुर्गा र नुमा लिम्बुले २० वटा प्लाष्ट्रिकका कुर्सी र खाद्यान्न र तनुजा शर्माले संगीत सामाग्रीहरु सस्थालाइ हस्तान्तरण गरेका थिए । कार्यक्रममा शिक्षासेबि हस्त परियार, मन कुमार लिम्बू, सामाजिक अभियन्ता गणेश ढुंगाना जनप्रतिनिधि सुशीला गिरि केशव ताम्राकार, लगायत अतिथ्य रहेको कार्यक्रममा बिर्तामोड र अर्जुनधारा नगरका साइकिलिस्टहरुको उपस्थिति रहेको थियो ।  स्वागत उपाध्यक्ष अर्जुन थेबेले गर्नु भएको कार्यक्रमको औचित्य इन्दिरा रानाले गर्नु भयो भने सञ्चालन बन्दी सहायता नेपालका सचिव रञ्जित परियारले गरेका थिए ।

 cycle