सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकाले डेङ्गु रोग नियन्त्रणका लागि अभियान शुरु गरेको छ । कनकाई नगरका नौ वटै वडामा डेङ्गु रोग नियन्त्रणका लागि अभियान शुरु गरिसकेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिएका हुन् । उनका अनुसार वडा नम्बर ६ र ९ ले अभियान नै सञ्चालन गरेका छन् भने अन्य वडाहरुले पनि गरिनै रहेका छन् । 

उनले डेङ्गु नियन्त्रण गर्न आफै पनि सक्रिय हुने पर्ने बताए । धुवा छरेकै भरमा मात्र नरहेर आ–आफ्नो घर वरिपरि सरसफाई गर्नुका साथै खाल्डाखुल्डीमा जमेको पानीमा  डेङ्गु रोगका लार्भा हुने भएकाले नुन र मोबिल प्रयोग गरी नष्ट गर्न सकिने नगर प्रमुख पोखरेलले जानकारी दिए । 

अभियानको मात्र भर परेर नहुने बताउँदै नगर प्रमुख पोखरेलले आ–आफ्ना घरवरिपरि सवैले ४०/५० प्रतिशत सरसफाई गरेर डेङ्गु नियन्त्रण गरे ५०/६० प्रतिशत अभियानले नियन्त्रण गर्न मद्दत गर्ने बताए । 

कनकाई नगरमा केही ब्यक्तिलाई डेङ्गु रोग देखिएता पनि हालसम्म खासै नराम्रो अवस्था भने नदेखिएको उनको भनाई छ । अभियानले किङफग नामक औषधी प्रयोग गरी डेङ्गु नियन्त्रणको प्रयास गरिरहेको जनाइएको छ । 

kankai 1