झापा ।

६७ औ प्रहरी दिवसको अवसर पारेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  ईलाका प्रहरी कार्यालय अनारमनीको सहकार्य र बीएण्डसी अस्पतालको प्राविधिक सहयोगमा अर्जुनधारा नगरपालिका–११ मा रहेको होलिका बोडिङ स्कुलमा शनिवार एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

  रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी बिर्तामोड, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श सामुदायिक प्रहरी सेवा केन्द्र र बिभिन्न संघसंस्थाहरुको सहभागितमा रहेको थियो । निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा २८ जना पुरुष र ८८ जना महिलालाई निःशुल्क उपचार दिईएको हो ।

स्वास्थ्य शिविरमा हाडजोर्नी, यौन तथा छाला रोग तथा गाईनो रोग सम्बन्धीका बिरामीहरुलाई निःशुल्क परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो  ।