- राजु बराल
चन्द्रगढी ।
झापाको भद्रपुर ९ स्थित प्रकाश एकता कृषि सहकारी सस्थाको १५ औ बार्षिक साधरणसभा शनिवार(आज) सम्पन्न भएको छ ।प्रदेश १ का भुमि ब्यवस्था, कृषि , सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी बिष्णुप्रसाद शिवाकोटी, सस्थाका पूर्व अध्यक्षहरु बद्रीप्रसाद उप्रेती, निर्मला पोखरेल, परमानन्द मिश्र, भगिरथ नेपाल र भद्रपुर नगरपालिकाका पशु शाखा प्रमुख रोहितकुमार कार्कीलार्इ सम्मान गरिएको थियो ।
त्यसैगरी शेयर सदस्यका सन्ततीहरु मध्ये कक्षा १२ मा सामुदायिक बिद्यालयबाट उत्कृष्ट स्थानमा पुग्न सफल बिनय अधिकारी र भावना अधिकारीलार्इ नगद पुरस्कारसहित सम्मान गरिएको सो कार्यक्रममा जेष्ठ नागरिक उर्मिला तिवारी र लक्ष्मीप्रसाद खतिवडा, उत्कृष्ट बचतकर्ता जबरबहादुर जोशी र दुर्गादेवी नेउपानेका साथै उत्कृष्ट ऋणी मीनबहादुर थापा मगर र झरी राजबंशीलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि भुमी, ब्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री सरावगीले न्यून आय भएका किसानहरुको जीवनस्तर लाई माथी उठाउन सहकारी सस्थाहरुले महत्वपुर्ण योगदान गरेको धारणा राखेका थिए ।
प्रकाश एकता कृषि सहकारी सस्थाका अध्यक्ष गोपालप्रसाद श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष मन्जु पोखरेलको स्वागत र सचिव शालीग्राम नेपालको सन्चालनमा सम्पन्न कार्यक्रममा सम्मानित ब्यक्तित्व बिष्णुप्रसाद शिवाकोटी, भगिरथ नेपालका साथै चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद भट्टराई, भद्रपुर नगरपालिकाका सहकारी बिभाग प्रमुख नेत्र पोखरेल, चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफार्इ समिति अध्यक्ष चुडामणी मैनाली र राष्ट्र सेवक सहकारीका अध्यक्ष बशिष्ठ अधिकारीले शुभकामना मन्तब्यराखेका थिए ।