हल्दिबारी । 

झापाको हल्दिबारी माध्यमिक बिद्यालयमा भूतपूर्व बिद्यार्थी समाज कार्य समिति गठन भएको छ । नरेन्द्रकुमार फागोको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा मनोहरी तृताल, सचिवमा हरिकृष्ण अधिकारी, सह–सचिवमा होमा न्यौपाने खरेल, कोषाध्यक्षमा नवीन उप्रेती चयन भएका छन् । 

त्यसैगरी सदस्यमा नरबहादुर बस्नेत, बडाराम हेमरम, हर्क तामाङ, जगत बस्नेत, सुमन मैनाली, अर्जुन हाङछेन राई, टीका राउत र कृष्णमाया दङ्गाल चयन भएका छन् । 

हल्दिबारी माबिमा भएको भूूपू बिद्यार्थी पुनरमिलन तथा बडादशैं, शुभदिपावली तथा छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमका बिच समिति चयन गरिएको हो । 

बिद्यालय ब्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष  यामकान्त निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा विशेष अतिथि संविधानसभा सदस्य मोहन टुडु,पूर्व सांसद पूर्णसिंह राजवंशी, सस्थापक प्र.अ. नरेन्द्रकुमार कार्की, भद्रपुर नगरपालिकाका निवर्तमान  प्रमुख जीवनकुमार श्रेष्ठ, पूर्व एसएसपि रमेशकुमार सुवेदी, वडाध्यक्ष शुकलाल राजबंशी, वीर अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समीर पौडेल, हाल अमेरिकामा कार्यरत डा. तिर्थराज खरेल, पूर्व प्रधानध्यापक धनबहादुर आचार्य, पूर्व शिक्षक भिमबहादुर श्रेष्ठ, स्वर्ण महोत्सव आर्थिक उप–समितिका संयोजक कुमार राई, भूपु बिद्यार्थी समाजका पूर्व अध्यक्ष अर्जुनकुमार राई लगायतको आतिथ्य रहेको थियो ।