बिर्तामोड ।
झापाको बिर्तामोडमा रहेको मेहरमान बहुउदेश्यीय कबड हलमा आन्तरिक ब्याडमिटन प्रतियोगिता तथा दशै शुभकामना आदान–प्रदान भएको छ । आन्तरिक ब्याडमिटन टुर्नामेंन्टको फाइनल समाजसेबी मिनप्रकाश मैनाली र चाडक्य पाठकलाई हराउँदै राजु घिमिरे र भानु सिटौलाले जितेका थिए ।
कबड हललाई ब्यवस्थित गर्ने उदेश्यले प्रतियोगिता उक्त स्थानमा आयोजना गरिएको हो । प्रतियोगितापछि उपस्थितले एकअर्काप्रति वडा दशैंको शुभकामना आदान– प्रदान समेत गरेका थिए ।
कबड हल सञ्चालन समितिका अध्यक्ष दिलेन्द्र कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिर्तामोड जेसीजका अध्यक्ष प्रबिन खड्का, नेपाल भलिबल संघका केन्द्रिय उपाध्यक्ष मदन खड्काको बिशिष्ठ आतिथ्य रहेको थियो । त्यस्तै कार्यक्रममा अलैंची ब्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, समाजसेबी ठगबहादुर खड्का, केदार गिरी, लायन्स क्लवका केन्द्रिय सदस्य ओमकृष्ण बिमली, लायन्स कल्वका राजु घिमिरेलगायतले एक अर्काप्रति दशैको शुभकामनासमेत साटासाट गरेका थिए । स्वागत तथा कार्यक्रमको औचित्यमाथि अध्यक्ष कार्कीले प्रकाश पारेको कार्यक्रमको सञ्चालन कबट हलका उपाध्यक्ष रबिन्द्र भट्टराईले गरेका थिए ।