पोखरा ।
सर्वियाको बेलग्रेडमा आयोजना भएको आईएसएफ वल्र्ड स्कुल बास्केटबल च्याम्पियनशीप २०२२ मा सहभागी भएको नेपाली बास्केटबल टोली प्रिमियर इंटरनेशनल आईबी कन्टइनियम स्कुलले फेयर प्ले अवार्ड जितेको छ ।
प्रिमियर इन्टरनेशनल आईबि कन्टइनियम स्कुलले अवार्ड जितरे फर्किने सहभागीहरुलाई धन्यवाद दिदै खुसी ब्यक्त गरेको छ । प्रिमियरका चेयर म्यान बसन्त थापाले सबै खेलहरूमा साहसका साथ भाग लिएर प्रतियोगिताबाट फेयर प्ले ट्रफी ल्याउन सफल भएकोमा खुसी ब्यक्त गरे ।
अंतर्राष्ट्रिय ओल्मपिक कमिटी अन्तर्गत दिइने अवार्ड भएकाले सहभागी टीमको भोटीङगका आधारमा प्राप्त हुने नेपाल स्कुल स्पोर्टस् महासंघका सचिव राजकुमार कार्कीले बताए । राम्रो खेल र अनुशासनलाई मूल्याङकन गरेर दिइने उक्त अवार्ड नेपाललाई प्रतिनिधित्व गरेको टीमले जितेको हो ।
जनार्जन ढुङ्गेलको नेतृत्वमा च्याम्पियनसीपमा सहभागी हुने जाने टोलीमा टिम प्रशिक्षकमा सदिश प्रधान रहेका थिए । यस्तै खेलाडीहरुमा सामराज श्रेष्ठ, प्रथम श्रेष्ठ, आशिप महर्जन, शिभम् श्रेष्ठ, कोनोर गुरुङ्ग, बेनभ श्रेष्ठ दुवाल, उज्वल धौगोडा, प्रणय बासी, सुजल बलय श्रेष्ठ, सुजार राजकर्णिकार र अविग्न श्रेष्ठ रहेका छन् । अफिसियलमा भुपेन्द्र शमसेर कुँवर, मधु ढुङ्गेल र ममता बस्नेत रहेका थिए ।
उक्त टिम प्रिमियर इंटरनेशनल आईबि कन्टइनियम स्कुलले राष्ट्र को प्रतिनिधित्व गरेको थियो । प्रतियोगिता सेप्टेम्बर २० देखि २८, २०२२ सम्म सञ्चालन भएको थियो ।