बिर्तामोड । 

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको संजिवनी बचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभाबाट कार्यसमिति निर्विरोध चयन भएको छ । 

निर्विरोध चयत भएको कार्य समितिको अध्यक्षमा पुनः यामकुमार चुडाल, उपाध्यक्षमा दिनेशकुमार सुबेदी, सचिवमा मेघराज बास्तोला र कोषाध्यक्षमा शिवकुमार कटुवाल चयन भएका छन् ।  समितिको सदस्यमा शिवबहादुर दाहाल, मोहनप्रसाद भट्टराई, सीतादेबी कार्की, अनिता गौतम र तारा कार्की चयन भएका छन् । 

त्यसैगरी लेखा सुपरिवेक्षण समितिको संयोजकमा कमला शिवाकोटी सदस्यमा धनपति मैनाली र मिलन कोइराला चयन भएको संस्थाका ब्यवस्थापक कृष्णप्रसाद खरेलले जानकारी दिए ।  निर्वाचित कार्य समिति तथा लेखा समितिलाई निर्वाचन अधिकृत डिल्ली दाहालले सपथ ग्रहण गराएका छन् । 

संस्थाका अध्यक्ष चुडालले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७८÷०७९ सम्ममा २ करोड ९४ लाख २२ हजार ५०० रुपैयाँ शेयरपुँजी, बचत २३ करोड १६ लाख २४ हजार ३१२ रुपैयाँ १० पैसा, ऋण लगानी २९ करोड ५६ लाख ३६ हजार ७६० रुपैयाँ २७ पैसा, कोष २ करोड ५८ लाख ३७ हजार ६९७ रुपैयाँ ७० पैसा, लगानी १ करोड १३ लाख ५० हजार रुपैयाँ छ । 

सोही कार्यक्रमकाबीच मृगौला रोगी संस्थाका शेयर सदस्य जेलेल मियालाई २५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो । 

संस्थाका अध्यक्ष यामकुमार चुडालको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले गरेको प्रमुख अतिथि प्रसाई, झापा जिल्ला सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक चुडामणि ओझालगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन संस्थाका सचिव मेघराज बास्तोलाले गरेका थिए ।