• उद्धव पुरी 

लक्ष्मीपुर । 

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले एकहजार ५४ जना सदस्यलाई सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत ९८ लाख ९० हजार रुपैयाँ वितरण गरेको छ । 

संस्थाले शनिवार (आज) एकै समयमा लक्ष्मीपुर, धुलावारी, बिर्तामोड, शनिश्चरे, चारपाने, सुरुङ्गा, शिवगञ्ज, चन्द्रगढी, दुधे र दमक  सेवा केन्द्र मार्फत दशैको शुभकामना आदान–प्रदानसहित सामाजिक सुरक्षा रकम वितरण गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीले जानकारी दिए । 

लक्ष्मीपुर, घैलाडुब्वा, राजगढ र दुर्गापुर सेवा केन्द्रले कनकाई नगरपालिकास्थित लक्ष्मीपुरमा संयुक्त कार्यक्रमको आयोजना ९३ जनालाई सामाजिक सुरक्षाको रकम बितरण गरेका छन् ।  

लक्ष्मीपुरमा भएको सामाजिक सुरक्षा वितरण कार्यक्रममा ६० जना एकल महिला प्रोत्साहन, एकल पुरुष सम्मान ५८ बर्ष पूरा भएका ६ जना, जेष्ठ सदस्य पोषण सम्मान ६५ बर्ष पूरा भएका १६ जना, जेष्ठ नागरिक सदस्य सम्मान ७० बर्ष पूरा भएका ५ जना, असक्त अपाङ सम्मान २ जना, बृद्ध सदस्य सम्मान ८० बर्ष पूरा भएका १ जना र  परिवार राहत अन्तरगत एकजना मृत सदस्यको परिवारलाई तीन लाख र जीवीत ७५ बर्ष पूरा भएका २ जना सदस्यलाई एक÷एक लाख रुपैयाँका दरले सामाजिक सुरक्षा रकम वितरण गरिएको छ । 

लक्ष्मीपुर सेवा केन्द्र सहयोग उपसमिति संयोजक केदारशम्शेर गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कनकाई नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष लीलाबहादुर कटुवालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत राजगढ सेवा केन्द्र प्रमुख एकादेव कट्टेलले गरेको कार्यक्रममा संस्थाको समग्र बस्तु तथा सेवा साथै वर्तमान वित्तिय अवस्थाका कारेमा बिर्तामोड अनुगमन अधिकृत धनश्याम रायले प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन लक्ष्मीपुर सेवा केन्द्रका प्रमुख खम्बराज काफ्लेले गरेका थिए । 

एकल महिला प्रोत्साहन ७१० जनालाई  ५६ लाख ८० हजार, जेष्ठ सदस्य पोषण सम्मान ६५ वर्ष पुरा भएका १९४ जनालाई  ११ लाख ६४ हजार, जेष्ठ नागरिक सदस्य सम्मान (७० वर्ष पुरा भएका) ९३ जनालाई ७ लाख ४४ हजार, बृद्ध सदस्य सम्मान (८० वर्ष पुरा भएका) ९ जनालाई ९० हजार,  एकल पुरुष सम्मान (५८ वर्ष पुरा भएका) १७ जना १ लाख २ हजार, असक्त अपाङ्ग सम्मान १५ जना १ लाख ५० हजार दीर्घायु सदस्य सम्मान ४ जना (८५ वर्ष पुरा गरेका) १ लाख,  परिवार राहत (सदस्यको मृत्यु भएमा वा सदस्य ७५ पूरा भएका ) १२ जनालाई १५ लाख ६० हजार रुपैयाँ प्रदान गरिएको अध्यक्ष राजवंशीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । 

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीद्धारा हस्ताक्षरित बिज्ञप्ती अनुसार ०७९ भाद्र मसान्तसम्मका सूचकहरु शेयर पुँजी १ अर्व ६३ करोड १८ लाख ९१ हजार ८००, साधारण जगेडा कोष  १ अर्व ११ करोड १९ लाख ८२ हजार ९५८, कुल बचत ९ अर्व ९६ करोड ३५ लाख २२ हजार ४६७, लगानीमा रहेको ऋण १२ अर्व ८४ करोड ३४ लाख ४१ हजार ३७८ रुपैयाँ, सदस्य संख्या १ लाख ६० हजार २५ जना, ऋणी संख्या ८७ हजार ७० जना, कर्मचारी संख्या ५२० र बैंक तथा नगद मौज्दात १ अर्व ६३ करोड ०७ लाख ४४ हजार ८१६ रुपैयाँ रहेको छ । 

sahara1