दुर्गापुर ।  

शिक्षा बहुउद्धेश्यीय साकोसले कनकाई नगरपालिका दुर्गापुर सेवा केन्द्रले प्रतिनिधि छनौट गरेको छ ।संस्था १० औं बार्षिक साधारणसभा अन्तरगत कनकाई नगरपालिका–१ स्थित दलित सामुदायिक भवनमा प्रतिनिधि छनौट कार्यक्रम गरेको हो । 

कनकाई नगरपालिका १ की वडा सदस्य निर्मला खड्काको प्रमुख आतिथ्य रहेकोकार्यक्रममा संस्थाका अध्यक्ष सुब्रत न्यौपानेले संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनका अनुसार संस्थामा हाल ४६ सय वढी शेयर सदस्य रहेको र संस्थाले ३ करोड ५१ लाख भन्दा वढी चुक्ता शेयर पुँजी रहेको छ । संस्थाले आफ्नै लगानीमा शिक्षा शिकोस निकेतन विद्यालय समेत सञ्चालनमा ल्याएको उक्त बिद्यालयका  ५० विद्यार्थी हाल अध्यानरत् रहेका छन् ।  बिर्तामोडमा मुख्य कार्यालय रहेको यस शिक्षा साकोसको दुर्गापुर सहित शनिश्चरे, धुलावारी, दुहागढी र चैतुवारी गरि ६ वटा सेवा केन्द्रहरु सञ्चालनमा रहेको छ । सहकारीमा हाल ४५ जना कर्मचारी कार्यरक्त रहेका छन् । 

दुर्गापुर सेवा केन्द्रको प्रतिनिधि छनौट कार्यक्रममा लेखा समिति संयोजक युवराज निरौला, सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बु, संचालक चिजा राई, उमा राई, नवराज कडरिया, लक्ष्मीप्रसाद घिमिरे, यज्ञप्रसाद मिश्र लगायातको उपस्थिति रहेको थियो । 

दुर्गापुर सेवा केन्द्रकी प्रमुख कल्पना कोइरालाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव सुर्यकुमार खतिवडाले गरेका थिए । दुर्गापुर सेवा केन्द्रबाट ३१ जनाबढी प्रतिनिधि छनौट भएको जनाइएको छ ।  संस्थाको १० औ बार्षिक साधरणसभा आगामी असोज ११ गते बिर्तामोड हुनेछ ।