अर्जुनधारा । 

झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ को जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालयले बिबिध कार्यक्रम गरी ५८ औ राष्ट्रिय वाल दिवस मनाएको छ । 

बालमैत्री समाजको आधार जिम्मेवार परिवार,उत्तरदायी सरकार भन्ने नारासहित बालबालिकाहरुमा भएको आन्तरिक कलालाई अगाडि ल्याउन नृत्य प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा प्रथम दोस्रो, तेस्रो हुने विद्यार्थीहरु क्रमश सोनिया लिम्बु ,सिमरन रार्इ, गंगा पुरी र काव्य परियारलाई  प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको  थियो। 

कार्यक्रममा विद्यार्थीहरुलार्इ चकलेटलगायत अन्य पोस्टिक खाद्यान्न बितरण गरिएको थियो । सस्थापक अध्यक्ष जगतबहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा युवा समाजसेवी ब्यवसायी भुपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।निर्णायकमा शिक्षक निर्मला लुइँटेल रहेकी थिइन।

कार्यक्रममा स्वागत शिक्षक गिता खरेल र कार्यक्रमको औचित्य शिक्षक अनुजा क्षेत्रीले पारेको कार्यक्रमको सहजीकरण शिक्षक सुरेखा योङ्गयाङ्ग र प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।