बिर्तामोड । 

५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा वेल्स बालक्लबले मेयरसँग बालबालिका कार्यक्रम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिकाका मेयर पबित्रा महतरा प्रसाईं, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी र वडा नम्बर ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलसँग बालबालिकाले जिज्ञासा राखेका थिए । 

बिर्तामोड ७ स्थित भुसाबाडीमा रहेको वेल्स मोडल स्कुलमा रहेको क्लबले बाल दिवसको अवसरमा कार्यक्रम आयोजना गरि बालबालिकाको समस्या र नगरपालिकाले बनाएको बाल नितिका बारेमा नगर प्रमुख प्रसाईंसँग अन्तरक्रिया गरिएको बालक्लब अध्यक्ष सुहानी प्रसाईले बताइन् । 

कार्यक्रममा बालबालिकाले बाल मैत्री नगर निर्माणमा नगरपालिकाको धारणा, बालबालिका रहाउने सुरक्षाको अवस्थामा नगरको दृस्ठिकोण, सामुदायिक बिद्यालयमा भएका समस्या, बाल ऐन र पुस्तकको ब्यवस्था लगायतका विषयमा जिज्ञासा राखेका थिए । 

सोही कार्यक्रममा बिद्यालयमा अध्यन गर्ने बिद्यार्थीहरु मध्येबाट अनुसाशित, जेहेन्दार, मेहनती र प्रतिभाशाली विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । शिक्षा अधिकृत केशर बहादुर खवास, पत्रकार महासंघ झापाका कोषाध्यक्ष  रन्जित प्रसाईं लगायतले  विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार बितरण गरेका थिए ।

प्रधानाध्यापक तारा प्रसाईको अध्यक्षता भएको कार्यक्रममा  स्वागत प्रकाश बस्नेतले  गरेका थिए। कार्यक्रमको संचालन फोकल पर्सन कमल भट्टराई र सहजीकरण संचारकर्मी हरि बरालले गरेका थिए ।