सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा नबिल बैंकको शाखा सञ्चालनमा आएको छ । शाखाको उद्घाटन कनकाई नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राजेन्द्रकुमार पाखरेलले गरेका हुन् । 

स्वागत तथा औचित्यमाथि प्रकाश नबिल बैंक मेची कलस्टर प्रमुख सरोज श्रेष्ठले गरेको कार्यक्रममा प्रदेश नं. १ उद्योग बाणिज्य संघ सदस्य कुमारमणि पोखरेल, नेकपा एमाले नगर सचिव दीपक चापागाई, कनकाई सामुदायिक बनका अध्यक्ष खेम ओली, सुरुङ्गा जेसीज अध्यक्ष सुश्मा न्यौपाने, समाजसेबी युवराज संग्रौला, शिवकुमार कडेल, कनकाई बिहानी अध्यक्ष मनोज बस्नेत, कनकाई वडा नं. ४ का अध्यक्ष रोशन सुवेदी, २ का वडाध्यक्ष प्रताप राई, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाललगायतको शुभकामना मन्तव्य राखेको बैंककी सुरुङ्गा शाखा प्रमुख रञ्जना दाहालले जानकारी दिएकी हुन् । 

बैंकले सुरुङ्गासहित देशभर आठ वटा शाखाको आज उद्घाटन गरेको छ भने देशैभर ३० वटा शाखा सञ्चालन गर्ने लक्ष्य राखेको बताइएको छ ।