बिर्तामोड । 

झापाको बिर्तामोडकी दीपा ओलीले सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएकी छिन् ।बिर्तामोड–३ मा रहेको मदरसा तालिमुल कुरान आधारभूत विद्यालयमा रहेका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कापी वितरण गरेर उनले जन्मोत्सव मनाएकी हुन् ।

लायन्स क्लव अफ बिर्तामोड गोल्डेन ड्रिम्सकी सदस्य तथा नेशनल लाईफ इन्स्योरेन्सकी चिफ विजनेस मेनेजर समेत रहेकी ओलीले जन्मदिनमा गरिने फजुल खर्चले सामाजिक कार्य गरेको बताइन् ।

लायन्स क्लव अफ बिर्तामोड गोल्डेन ड्रिम्सको आयोजनामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत एक सय ७१ जना विद्यार्थीहरुलाई ६ सय थान कापी वितरण गरिएको विद्यालयकी प्रिन्सिपल अञ्जुम खातुनले जानकारी दिइन् ।

लायन्स क्लवका डिस्ट्रिक सेक्रटरी लिलाप्रसाद चिमरिया, एरिया चिफ सत्यनारायण शर्मा, जोन चेयर पर्सन साजन थापा, क्लव सर्भिस कोअडिनेटर मनोज बस्नेत, लायन्स क्लव अफ बिर्तामोड लेडीकी डिस्ट्रिक चेयर पर्सन दुर्गा पाठक थपलिया, लायन्स क्लव अफ बिर्तामोड स्मार्ट लेडीकी सेक्रेटरी संगीता गिरी, लायन्स क्लव अफ बिर्तामोड गोल्डेन ड्रिम्सकी प्रेसिडेन्ट गंगा श्रेष्ठ,  ट्रेजरर किशोर श्रेष्ठ, फस्ट भिपी रेनुका महतोलगायतले कापी वितरण गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यस्थापन समितिका अध्यक्ष अफरोज खानले ओलीले आफ्नो जन्मदिनमा विद्यालयका मुस्लिम तथा गैर मुस्लिम विद्यार्थीलाई कापी वितरण गरेर समाजमा ओलीले उदाहरणिय कार्य गरेकोप्रति प्रशंसा गरे । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव विनिता लामाले गरेकी थिइन् । 

dipa