बिर्तामोड ।
झापाको बिर्तामोड–५ मा सञ्चालित न्यूटन्स एजुकेशन एकेडेमीले ५८ औं राष्ट्रिय बाल दिवसका अवसर पारेर प्रि–प्राइमरीका बिद्यार्थीहरुको प्रस्तुती कार्यक्रम गरेको छ ।
बिद्यालयमा शनिवार (आज) भएको कार्यक्रममा प्रि–प्राइमरीका नानीबाबुहरुले विभिन्न प्रस्तुती गरेका थिए । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नरेश भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड–५ का वडाध्यक्ष रोहित प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत बिद्यालयका प्रिन्सिपल देवेन्द्र गुमागाईले गरेको कार्यक्रममा सञ्चारकर्मी लीला अनमोल, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका रेग्मी, बाल सञ्जाल झापाका अध्यक्ष सरोज पौडेल, प्रमुख अतिथि प्रसाईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रि–प्राइमरीका नानीबाबुहरुले नृत्यु, गीत प्रस्तुत गरेका थिए ।