अर्जुनधारा । 

झापाको जुनकीरी सार्वजनिक प्राथमिक बिद्यालय अर्जुनधारा –११ ले छात्रवृत्ति र पोशाक बितरण गरेको छ । शैक्षिक सत्र २०७८ को छात्रवृत्ति १९ हजार दुई सय र पोशाकका लागि ५२ हजार ७ सय २५ रुपैयाँ  नेपाल सरकार स्थानीयतह अर्जुनधारा नगरले अनुदान–प्रदान गरेको हो । 

दलित, सिमान्तकृत, लोपोन्मुख, दलित र छात्रालाई जनही चार सय एकदेखि पाँच कक्षासम्म र नर्सरीदेखि पाँचसम्मका सवै विद्यार्थीहरुलार्इ सर्ट पेन्ट र सट फ्रकका कपडा बितरण गरेको हो । 

अभिभावकहरुलार्इ अनिवार्य उपस्थिति गराएर सदैव स्कुल ड्रेस लगाए नियमित बिद्यालय पठाउन अनुरोध समेत गरिएको थियो । कार्यक्रम सस्थापक अध्यक्ष जगतबहादुर मगरको अध्यक्षता तथा जनप्रतिनिधि शुसिला गिरीको प्रमुख आतिथ्यमा भएको थियो । 

कार्यक्रममा अभिभावक रन्जन बस्नेत, कमलकुमारी राई, शिक्षक अनुजा क्षेत्री, गिता खरेल, निर्मला लुइँटेल, सुरेखा योङ्गयाङ्ग, अम्बिका गुरुङ्ग मनिषा मगर, मुना मुखिया, औतारा थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रम सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।