झापा । 

नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् भने उपाध्यक्षमा झापाका मदन खड्का निर्बिरोध चयन भएका छन् । 

अध्यक्षका प्रतिदन्द्धी निरोज मास्केलाई पराजित गर्दै चन्द संघकोअध्यक्षमा निर्वाचित भएका हुन् । बुधवार भएको चुनावी साधारण सभामा मनवीर छन्त्याललाई हराउँदै रोशन श्रेष्ठ महासचिवमा निर्वाचित भएका छन् ।

प्रदेशका १ का मदन खड्का, मधेस प्रदेशका उपेन्द्र यादव, गण्डकीका यमबहादुर गुरुङ, लुम्बिनीका भीम ओली र सुदूर पश्चिमका हर्कसिंह धामी उपाध्यक्षमा निर्विरोध चयन भएका छन् । त्यस्तै बाग्मतीका गौतमप्रसाद लासिबालाई ज्योति केसीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका छनु भने रिता कोइरालालाई हराउँदै श्यामकृष्ण श्रेष्ठ कोषाध्यक्षमा निर्वाचित भएका छन् । 

मधेस प्रदेशका मोहम्मद फिरोज, बाग्मतीकी सुन केशरी माली, गण्डकीका श्रीधर शर्मा, कर्णालीका सोमबहादुर श्रेष्ठ र सुदूर पश्चिमका गणेशसिंह ठगुन्ना सचिवमा चयन भएका । प्रदेश नं. १ मा विश्व धिमाललाई हराउँदै विनोद सुबेदी तथा लुम्बिनीमा दीपक जिएमलाई हराउँदै धकबहादुर मिदुन सचिवमा चयन भएका छन्  ।

सदस्यमा अन्जु श्रेष्ठ, चन्द्र बदना राई, गङ्गा थापा श्रेष्ठ, जुनु पुन र प्रवीण श्रेष्ठ, कुमार राई, राज कुमार गुरुङ, राज बहादुर खड्का, जितेन्द्र श्रेष्ठ, दीपक लामा र दिनेश श्रेष्ठ सदस्यमा निर्वाचित  भएका छन् ।