सुनसरी ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बाट अबैध औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाको धर्मदेवी नगरपालिका–८ घर भई बराहक्षेत्र नगरपालिका–२ मा बस्दै आएका २९ बर्षीय सुरज गुरुङ र उनकी श्रीमती २४ बर्षीया पुर्णिमा गुरुङ रहेका छन् ।

उनीहरुले नियन्त्रित औषधी आफ्नै कोठामा लुकाएर राखेको भन्ने सूचना आधारमा ईलाका प्रहरी कार्यालय चतराको प्रहरी टोलीले दुबै जनालाई कोठाबाट नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट प्रहरीले Spasain-९४० ट्याब्लेट र Tramadol-९१० ट्याब्लेट बरामद गरेको छ । अबैध औषधीसहित पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाउने तयारी भइरहेको उक्त कार्यालयले जनाएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।