बिर्तामोड ।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ५ को जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको बिशेष साधारणसभाले सञ्चालक समितिसहित विभिन्न उपसमितिहरु गठन गरेको छ ।  संस्थाका अध्यक्ष ज्योतिसिंह दर्लामीको अध्यक्षतामा बिर्तामोडमा भएको बिशेष साधारसभाले  सञ्चालक समितिसहित उपसमितिहरु गठन गरेको जनाइएको छ । 

संस्थाको सञ्चालक समितिको अध्यक्षमा ज्योतिसिंह दर्लामी, उपाध्यक्षमा चुडामणि पौडेल, सचिवमा तीलक अर्याल र कोषाध्यक्षमा नारायण लुईटेल चयन भएका छन् । त्यस्तै सदस्यमा भगवती आचार्य पोखरेल र सोमनाथ गौतम चयन भएका छन् भने एक सदस्य वैठकले मनोनित गर्ने जनाइएको छ । 

त्यसैगरी बिशेष साधारणसभाले लेखा समितिको संयोजकमा दीपक आचार्य र सदस्यमा प्रकाश ढकाल र बालकृष्ण आले मगरलाई  चयन गरेको छ भने ऋण  समितिको संयोजकमा चन्द्र लुइटेल र सदस्यमा बासु गौतम र युवराज डाँगीलाई चयन गरेको छ । त्यस्तै सल्लाहकार समितिमा झलकसिंह दर्लामी, जयप्रसाद भट्टराई र यामकुमार खड्का रहेका संस्थाका ब्यवस्थापक मिलन पोखरेलले जानकारी दिए । 

सभाले बजेट योजना तथा अनुगमन उपसमितिको संयोजकमा ध्रुव बास्कोटा र सदस्यमा प्रदीप बजगाई र सपना डाँगीलाई चयन गरेको छ भने शिक्षा, स्वास्थ्य तथा तालिम उपसमितिको संयोजकमा जीवनकुमार खड्का र सदस्यमा डा. शसीचन्द्र यादव, डा. अमरेन्द्रकुमार यादव, जेवी जबेगु, भीम दर्लामी र देवराज राजवंशीलाई चयन गरेको छ । 

महिला तथा बालबालिका उपसमितिको संयोजकमा नर्वदा अधिकारी, सदस्यमा तारा न्यौपाने, इन्दिरा सुब्वा, अञ्जु कार्की, मुना दर्लामी र द्रोपदा पौडेललाई चयन गरेको छ ।