सुरुङ्गा  । 

झापाको कनकाई नगरपालिका क्षेत्रभित्रका विद्यार्थीहरुलाई एकदिने सुरक्षित वैदेशिक रोजगार स्थानीय पुर्नस्थापना र मानव वेचविखन विषयक अभिमुखीकरण गरिएको छ । 

कारितास नेपालको आयोजना तथा कारितास जापानको आर्थिक सहयोगमा कनकाई नगर क्षेत्रका १३ विद्यालय तथा वाल सञ्जालमा आवद्ध  ४२ जना विद्यार्थीहरुलाई तालिम प्रदान गरिएको हो । तालिमको सहजीकरण पत्रकार उमाकान्त खनालले गरेका थिए । 

कनकाई नगरपालिकाको समन्वयमा विगत २ बर्षदेखि सुरक्षित वैदेशिक रोजगारीको क्षेत्रमा कारितासले काम गर्दै आइरहेको छ । कार्यक्रमको निरन्तताका लागि विद्यार्थीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको कारितास नेपालका सुरक्षित वैदेशिक रोजगारी परियोजना कनकाईका प्रमुम विवेक शिवाकोटीले जानकारी दिए । 

कनकाई नगरपालिकाकी उप–प्रमुख आशा शर्मा शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कारितास नेपालका प्रादेशिक प्रबन्धक देवेन्द्र पोखरेल, कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, कनकाई नगरपालिकाका वालकल्याण अधिकारी उमानाथ ढकाल, कारितास नेपालका परियोजना अधिकृत हिमालयन अधिकारी लगायातको उपस्थिति रहेको थियो । 

कनकाई वाल सञ्जालका अनुप भट्टराईले स्वागत गरेको कार्यक्रममा सञ्चालन विवेक शिवाकोटीले गरेका थिए भने कार्यक्रमको औचित्यमाथि प्रकाश परियोजना अधिकृत हिमालयन अधिकारीले पारेका थिए ।