पोखरा । 

हल्ट प्राइज पोखरा विश्व बिद्यालयको २०२२/२०२३ को क्याम्पस  डायरेक्टरको रूपमा  सूरजराज केशरी चयन भएका छ्न्।प्रतियोगिताले विद्यार्थीलाई आफ्नो क्षमता जागरण गर्न टेवा पुर्याउने र उद्यमशीलतासमेत पैदा गर्ने भएको हुँदा महत्व रहेको र आफ्नो कार्यकालमा यस प्रतियोगितालार्इ थप नयाँ आयाम दिने उनले बताए।

विद्यार्थीहरूको लागि नोबेल पुरस्कार मानिने यस प्रतियोगिताले विद्यार्थीमा लुकेको नवीनतम् सोचलाई जागरण गरेर समाजमा उद्यमशीलता निर्माण गर्ने भएकाले यसको अन्तर्राष्ट्रिय रुपमा छुट्टै महत्व रहेको र नेपालमा पनि विभिन्न विश्वविद्यालयले प्रतियोगितालाई प्राथमिकता दिँदै आएका छन् ।

गत वर्ष प्रशान्त भुसालको नेतृत्वमा आयोजना भएको प्रतियोगिता यस पटकको प्रतिस्पर्धालाई केशरिले नेतृत्व गर्दैछन् । हल्ट प्रतियोगिताले विद्यार्थीमा जोस जाँगर थप्ने गरेको र आफ्नो उद्धमी सोच र कल्पनालाई आकार दिने गर्छ  ।