बिर्तामोड ।

 झापाको बिर्तामोडमा सञ्चालिन आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टरले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि १५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको छ ।सेन्टरको  पाँचौं वार्षिकोत्सवको अवसरमा मंगलबार(आज) पत्रकार उपचार कोषलाई रकम प्रदान गरिएको हो ।

बिर्ता आयुर्वेद एण्ड फिजियो थेरापी सेन्टर (अष्टाङ्ग आयुर्वेद फार्मेसी) की सञ्चालक नर्बदा भट्टराईले पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम प्रदान गरेकी हुन् । सोही अवसरमा अभियान नेपलका लागि विष्णु आचार्यलाई ३ हजार ५५५ र परोपकार बृद्धाश्रमलाई ३ हजार ५५५ रुपैयाँ समेत सहयोग गरिएको थियो । 

बिर्ता आयुर्वेदको पाँचौं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन महासंघ झापाका अध्यक्ष तथा कार्यक्रमका  प्रमुख अतिथि  गिरीले गरेका थिए । सञ्चालक भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा अग्रज पत्रकार लक्ष्मण ढकाल लगायतले शुभकामना राखेको कार्यक्रममा कविराज कमल रिजालले बिर्ता आयुर्वेदको सेवा बारे जानकारी गराएका थिए । कर्यक्रमको सञ्चालन पत्रकार तुलसीप्रसाद निरौलाले गरेका थिए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ६० लाख जम्मा भएको छ ।