खुदुनावारी । 

सामाजिक कार्यमा सक्रिय रहँदैे आएको युवाहरुको संस्था युथ अफ खुदुनाबारीले दुई जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाको दोस्रो साधारणसभाको अवसरमा संस्थाले विपन्न परिवारका दुई जना बिद्यार्थीलाई १ बर्षे छात्रवृत्ति प्रदान गरेको हो । 

संस्थाले अर्जुनधारा ३ नम्बर वडा अन्तर्गत जनता माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यानरत छात्रा बिना मगर र भानु आधारभुत बिद्यालय कक्षा ३ मा अध्यानरत छात्रा दिया दर्जिको पठनपाठन वापतको एक बर्षको खर्च बिद्यालयलाई प्रदान गरेको हो ।

त्यस्तै संस्थाले ७ जना बिद्यार्थीहरुलाई स्कुले जुत्ता प्रदान गरेको छ । संस्थाले लामो समयदेखि अर्जुनधाराको ३ नम्बर वडामा कार्यलय साहयोगी पदमा कार्यरत कर्मचारी मनोज राना मगरलाई सम्मान गरेको छ । त्यस्तै गायन कलाकारिता क्षेत्रमा सम्भावना भएकी ज्योति लामिछाने र दिया अधिकारीलाई समेत सम्मान गरेको छ ।  

नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङको प्रमुख आतिथ्यतामा भएको संस्थाको दोस्रो साधारणसभामा सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रममा युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले संस्थाको बार्षीक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  

कार्यक्रममा ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराई र नगर कार्यपालिका सदस्य चन्द्रा तामाङले शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष मदन गिरीले गरेका थिए । 

 वि.स. २०६८ सालबाट अनौपचारीक रुपमा सामाजिक सञ्जाल मार्फत उदय भएको संस्था युथ अफ खुदुनाबारी वि.स.२०७७ माघ ११ गते जिल्ला प्रशासन कार्यलय झापामा वैधानिक दर्ता भई संचालन भइरहेको छ ।