हल्दीबारी ।
झापाको हल्दिबारीमा अवस्थित श्री श्री १००८ बाबा गणिनाथ समाबेसी सेवा समितिले तीन दिवसीय प्राचीन गणिनाथ तथा माता खेमासती पुजन एवम् गुरु गोबिन्द जन्मोत्सवमा राष्ट्रिय तथा अन्तरास्ट्रिय भक्तजनको उपस्थितिमा मनाउँदैछ । कार्यक्रममा राष्ट्रिय तथा अन्तरास्ट्रियबाट करीब तीन हजार भक्तजनको उपस्थिति रहने जनाइएको छ ।
उद्घाटन कार्यक्रममा हल्दिबारि गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्गदेनसहित वडा नम्बर २ का वडाध्यक्षसहित पाँचै जना जनप्रतिनिधिहरु, वडानम्बर–४ का वडासचिब जयप्रसाद पोख्रेल, हल्दिबारी र जलथल प्रहरी चौकीका सुरक्षाकर्मीको उपस्थितिमा रहेको थियो।
उक्त समितिले नेपालाका विभिन्न जिल्लासहित भारतको दार्जीलिङ(बङ्गाल), किशनगन्ज (बिहार) बाट कुलसेवक निम्त्याएको र हल्दिबारीलार्इ मिथिला एवम भोजपुरी सस्कृतिसँग जोडेर अन्तरास्ट्रिय पर्यटन तथा धार्मिक क्षेत्रको रुपमा स्थापित गर्ने प्रयत्न गरेको जनाइएको छ । प्रत्येक बर्ष बाबा गनिनाथ पुजन महोत्सब मनाउदै गतबर्ष २०७८/१/१३ गतेदेखि मन्दिर तथा धर्मशाला निर्माण गर्दै आएको छ।
न्यून संख्यामा रहेको मधेसी समाजले मान्दै आएको आफ्नो आराध्य देवको पुजनले हल्दिबारी पर्यटन बिकासलार्इ नयाँ आयाम थपेको आयोजक समितिका अध्यक्ष नितेश्वर शाह हलुवार्इ जानकारी दिए। शनिवार शुरु भएको पुजन सोमबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।