- शर्मिला पुरी
सुरुङ्गा ।
झापाको कनकाई नगरपालिका वडा नम्बर ४ स्थित सुरुङ्गामा सञ्चालित झापा मेरिगोल्ड सेकेन्डरी इग्लिस स्कुलले तीज मिलनसहित बिबिध कार्यक्रम गरेको छ ।
बिद्यालयले तीज मिलन कार्यक्रमसहित बिद्यार्थीहरुले नेपाली समाजमा महिलाहरुमा महिनावारीमा गरिने छुवाछुत तथा रुढिवादी प्रथा अन्त्य सम्बन्धि सन्देश मुलक नाटक समेत प्रस्तुत गरिएका थिए ।
नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुँदै गरेको सो बिद्यालयमा तीज मिलन कार्यक्रम अन्तरगत शिक्षक तथा शिक्षिकाहरुले तीजको गीतमा नृत्य प्रस्तुत गर्दै सामुहिक रुपमा दर समेत खाएका थिए । बिद्यार्थीहरुले समेत सांगेतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
बिद्यालयका संस्थापक तथा प्रिन्सिपल गोकुल उप्रेतीको अध्यक्षतामा भएको तीज मिलन कार्यक्रममा संस्थापक सदस्य टीकाराम अधिकारी, संस्थापक सदस्य निलकृष्ण उप्रेती, नारायण उप्रेती, शिक्षक तथा संस्थापक सदस्य बेनुप्रसाद उप्रेती, प्राबिका इन्चार्ज सन्तोष बराइलीलगायतको आतिथ्य रहेको थियो भने बिद्यालयका सम्पूर्ण शिक्षक तथा शिक्षिका साथै कर्मचारी र बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा बिद्यालयका शिक्षक तथा संस्थापक सदस्य बेनुप्रसाद उप्रेतीले तिजको बिशेषता र महोत्वका बिषयमा आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका अञ्जना थापा, सिर्जन बिष्ट र बिद्यार्थी छत्रप्रिन्शा तिम्सिनाले गरेका थिए ।


















