हल्दिबारी । 

झापाको हल्दिबारी वडा नम्बर २ स्थित नव सृजना प्राथमिक बिद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण गरिएको छ ।  विद्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब अफ काठमाडौँ सयपत्री लुम्बिनीले एक सय जना विद्यार्थीहरूलाई विद्यालय पोशाक टिसर्ट र टाउजर वितरण गरेको हो ।

 हल्दिबारी गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यमा लायन्स क्लब अफ काठमाडौंका चियर पर्सन सुनिलचन्द्र न्यौपाने र संस्थाका प्रेसिडेन्ट  भीमार्जुन ओलीको विशेष आतिथ्यमा पोशाक बितरण गरिएको हो।

कार्यक्रममा संस्थाका प्रेसिडेन्ट भीमार्जुनले कार्यक्रमको औचित्य तथा विद्यालयको चौतर्फी विकासका लागि शुभकामना मन्तव्य राखेका थिए भने प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्गदेनले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने स्थानीय सरोकारवाला अभिभावक, शिक्षक र बिद्यालय ब्यवस्थापन समिति सबै मिलेर विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अझ सशक्त भएर कार्य गर्न पर्नेमा जोटड दिए ।

कार्यक्रममा विद्यालयका सल्लाहकार समितिका संयोजक कुमार राई, सल्लाहकार तथा जग्गा दाता होमनाथ दाहाल, सल्लाहकार शारदा कन्दङ्गवा, चन्दादाता तथा समाजसेवी अम्बिकाप्रसाद ओलि लगायतको आतिथ्य रहेको थियो । कार्यक्रम विव्यसका अध्यक्ष  गोपालकुमार मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक वुद्धिप्रसाद नेपालले स्वागत गरेका थिए ।