झापा ।
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था इलाम दानाबारी सेवा केन्द्रले माई नगरपालिका भरीका संस्थामा आवद्व विभिन्न महिला समुहका सदस्यहरूलाई बित्तिय साक्षरता सम्बन्धी जानकारी दिएको छ ।
संस्थागत सम्बन्धलाई प्रगाढ वनाउने उदेश्यका साथ संस्थाले बिहीवार (आज) वित्तिय साक्षरता तथा तीज मिलन कार्यक्रमको आयोजना गर्दै सदस्यहरुलाई बित्तिय साक्षरता सम्बन्धी जानकारी दिएको हो ।
सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा माई नगरपालिकाकी उप–प्रमुख हिमा भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा सहारा नेपाल साकोस दुधे अनुगमनका अनुगमन अधिकृत तथा कार्यक्रमका विशिष्ट अतिथि चुडामणि कट्टेलले संस्थागत संमग्र वस्तुस्थितका बारेमा बताउदै वित्तिय साक्षरताका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा सेवा केन्द्र प्रमुख तिम्सिनाले सेवा केन्द्रको बित्तिय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दानाबारी उप–शाखाका सभापति मित्रप्रसाद गौतम, उपसभापति हरी गुरागाई, माई नगरपालिका २ का वडा सदस्य ज्ञानवहादुर कटुवाल, शिक्षासेवी सेतु तामाङ, कार्यपालिका सदस्य खगीमाया राईसमेत आतिथ्य रहेको सेवा केन्द्र प्रमुख तिम्सिनाले जानकारी दिए ।
कार्यक्रममा न्यु लाईट इग्लििस स्कुलका तर्फवाट तथा विभिन्न समूहवाट नृत्य प्रस्तुती गरिएको थियो भने अनुगमन प्रमुखवाट वित्तिय साक्षरता सम्वन्धी जानकारी गराउदै सहभागीलाई प्रश्नोत्तर प्रतियोगीता गरिएको थियो । सोही कार्यक्रमकाबीच तीज मिलनसमेत गरिएको जनाइएको छ । कार्यक्रम तीनसय बढीको सहभागीता रहेको थियो ।
कर्मचारी अमर लिम्बू तथा शेयर सदस्य मिनाकुमारी लावती सञ्चालन गरेको कार्यक्रममा सेवा केन्द्रका सवै कर्मचारीको सक्रिय सहभागी रहेको सेवा केन्द्र प्रमुख तिम्सिनाले जानकारी दिए ।