- धर्मेन्द्र मामा
बिर्तामोड।
झापाको बिर्तामोड– स्थित चारपानेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था (साकोस) ले नवनिर्वाचित सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सेवा केन्द्र तथा क्षेत्रिय उपसमितिका संयोजकहरूलाई क्षमता बिकास गोष्ठी प्रदान गरेको छ।
दुई दिने गोष्ठीमा सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरु, क्षेत्रिय उपसमिति संयोजक, सेवा केन्द्र संयोजक र उच्च पदस्थ कर्मचारी गरि ३७ जनाको सहभागिता रहेको थियो।
नेफ्स्कूनका पूर्व सञ्चालक कुवेर निरौला र साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले सहजिकरण गरेका थिए । गोष्ठीमा सहकारी संस्थाको आधारभूत सिद्धान्त, सञ्चालक समितिको काम कर्तव्य अधिकार, लेखा सुपरिवेक्षण समितिको काम कर्तव्य अधिकारका बारेमा जानकारी गराइएको थियो।
त्यसैगरी संस्थाको आन्तरिक व्यवस्थापन, सहकारी सिद्धान्त र मूल्य, संस्थागत सुशासनको अवधारणा, सहकारीमा नियमन र संपत्ति सुद्धिकरण निवारण र ऋण लगानी व्यवस्थापन सम्बन्धि ब्यापक चर्चा र बिष्लेषण गरिएको लेखा संयोजक उपेन्द्र ओलीले बताए।
सोही क्रममा संस्थाको बित्तिय अवस्थाको बारेमा सह–निर्देशक ईश्वरप्रसाद भट्टराईले जानकारी दिए। सहभागीबाट उठेका जिज्ञासाहरु कार्यकारी निर्देशक महेन्द्र गिरी, निर्देशक लक्ष्मण खतिवडा र उपनिर्देशक दिनेशबहादुर निरौलाले जवाफ दिएका थिए ।
गोष्ठीको उद्घाटन गत बुधवार संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीले गरेका थिए ।
गोष्ठीमा सहभागी मध्येबाट धर्मेन्द्र भट्टराई, भिमबहादुर खवास, विन्दु श्रेष्ठ, लोकबहादुर रोका, पदम भट्टराई, लक्ष्मी आचार्य, मोहन ओलीलगायतले प्रतिवेदन तथा समुह कार्य प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन मातृका सुवेदीले गरेका थिए ।