झापा । 

नेपाली कांग्रेसका झापा जिल्ला पूर्व अध्यक्ष तथा प्रदेश १ सभापति उद्धब थापाले सिप र ज्ञान लिएर नेपाल फर्कन झापाली लगायत सबै नेपालीहरुलाई आग्रह गरेका छन्। प्रवासमा बस्ने नेपालीहरुले नेपालमा लगानी मात्र गरेर समृद्ध नेपाल बन्न सक्दैन, बिदेशिएको दक्ष जनशक्ति र बिदेशमा आर्जन गरेको सिप र  शिक्षा लिएर नेपाल फर्के मात्र नेपालका गाँउ र शहरको बिकास हुने उनको भनाई थियो । 

छोटो अष्ट्रेलिया बसाईका क्रममा अवलोकन गर्दा नेपालीहरुको प्रगति, उन्नति र राजनीतिक पहुचप्रति आफू अत्यन्तै खुसी भएको थापाले बताए ।  उनले जहाँ रहेपनि हामी नेपालीले नेपाली भाषा बिर्सन नहुने सन्देस जस्ता बिषयमा सबैलाई ध्यानाकर्षण गराए ।

थापाले झापाली समाज अष्ट्रेलियाले थापाको सम्मानमा सिडनी शहरमा राखेको एक संध्याकालिन कार्यक्रममा उक्त बिचारहरु ब्यक्र गरेका हुन् । 

समाजका अध्यक्ष निरन्जन प्रसाईको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष एवं संरक्षक दिनेश पोखरेल, संरक्षक भवानी ओली, दिपक चुडाल, उमेश पोखरेल, संस्थापक सदस्य एवं जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व अध्यक्ष कृष्ण गिरी, सन्तोष सिटौला अझासका भूतपूर्व महासचिव रूपराज मैनाली, भूपाल सिटौला, सचिब अजय राजवंशी, तिर्थ खतिवडा, काठमाण्डौ प्रदेश १ नेका सम्पर्क समितिका अध्यक्ष निर्मल रिजाल लगायत झापाली समाज अष्ट्रेलियाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।