बिर्तामोड । 

झापाको बिर्तामोडमा चार्टर्ड एकाउन्टेन्ट्सको पढाई शुरु गरेको पिके फाइनान्सियल एकाडेमीले शनिवार (आज) सेमिनार आयोजना गरेको छ ।

झापा, इलाम, पाँचथर र ताप्लेजुङका विद्यार्थी तथा अभिभावकको सहजताका लागि पिके फाइनान्सियल एकाडेमीले  चार्टर्ड एकाउन्टेन्ट्सको पढाई सम्बन्धि बारे जानकारी दिए सेमनिार गर्न लागेको हो । 

 एकाडेमीले अहिले एसीसीएका कक्षा सञ्चालन गर्दै आएको छ । सञ्चालनको प्रारम्भिक चरणमा चार जना विद्यार्थी एसीसीएको कक्षामा भर्ना भएका छन् । लेखा व्यवसायप्रति विद्यार्थीको आकर्षण बढ्दै गइरहेका बेला पिके फाइनान्सियल एकाडेमीले उच्च शिक्षामा चार्टर्ड एकाउन्टेन्टस्को पढाई शुरु गरेको छ । 

लेखा व्यवसाय अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरेर एकाडेमीले बिर्तामोडको सिटी सेन्टरमा रहेको साइ प्यालेसमा बिहान ११ बजे सेमिनार आयोजना गरेको अध्यक्ष गंगाराम बस्नेतले बताए ।

झापा र इलामका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थी र तिनका अभिभावकलाई कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रममा चार्टर्ड एकाउन्टेन्टस् र एसीसीएका विषयमा सहभागीले जानकारी हासिल गर्न सक्नेछन् ।