बिर्तामोड । 

सास्थम कलेज बिराटनगरले शैक्षिक परामर्शका लागि झापाको बिर्तामोडमा शिक्षक, अभिभावक तथा बिद्यार्थीहरुसँग अन्तरक्रिया गरेको छ । 

कलेजले बुधवार (आज) बिर्तामोडमा होटेल म्यानेजमेन्ट र ब्यवस्थापन संकाय (बिबिए) का बिषयमा शैक्षिक परामर्श प्रदान गरेको हो । 

उक्त सेमिनार तथा शैक्षिक परामर्श कार्यक्रममा शिक्षक, अभिभावक तथा बिद्यार्थी गरेर दुईसय वढिको सहभागीता रहेको कलेजका ट्रेनिङ प्यालेसमेन्ट इन्चार्ज कमल आचार्यले जानकारी दिए । 

सन् २००२ मा स्थापना भएको कलेजमा हाल चारसय जना बिद्यार्थी अध्यापन रहेको क्याम्पसका मेनेजर महेशश्वरप्रसाद सिंहले जानकारी दिए । 

बिराटनगर–१४ स्थित पुरानो एयरपोर्टमा रहेको सास्थम कलेजले कलेजको  बिराटनगरमा चारतारे रत्ना होटल र धनकुटाको हिलेमा थ्रि स्टार होराइजन माउन्टेन रिसोर्ट सञ्चालनमा रहेको बिएसएमका प्रोग्राम डाइरेक्टर शैलेन्द्र गणेशले जानकारी दिएका छन् ।