बिर्तामोड । 

झापाको बिर्तामोडस्थित मनकामना माध्यमिक बिद्यालयमा नेवाः पासा मुना पुच बिर्तामोड नगर कमिटीले नेवारी समुदायले नाच्ने लाखेँनाच  प्रदर्शन गरेको छ । नेवाः पासा मुना पुचः बिर्तामोड नगर कमिटीले  बिद्यालयका बालबालिकालाई लाखे नाच देखाएको थियो । 

बिद्यालयमा रहेको उज्यालो मनकामना बाल क्लबको सहजीकरण तथा बिद्यालयको आयोजनामा सांस्कृतिक पर्वको रुपमा मनाईने लाखे नाच बालबालिका लाई देखाईएको प्रधानाध्यापक केशब ढुंगानाले बताए । 

मल्लकालदेखि शुरु भएको लाखेनाच बालबालिकालाई देखाउन पाउँदा ज्यादै खुशी र आनन्द लागेको नेवा पासा मुना पुच बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ बताए । उनले आगामी पुस्ता बालबालिका भएकाले यस्ता सांस्कृतिक पर्वको महत्त्व बुझाउन सके पुस्तान्तरण गर्न सकिने बताए ।

नाग पंचमीबाट कृष्ण अष्टमीको भोलिपल्टसम्म नाचिने नाच पछिल्लो समय भने लोपोन्मुख हुँदै गएकाले विद्यार्थीलाई  हाम्रो संस्कृति भएको जानकारी दिन कार्यक्रमको आयोजना गरिएको बाल क्लब अध्यक्ष स्वीकृति बास्तोलाले जानकारी दिइन् ।