बिर्तामोड ।

 झापाको बिर्तामोडमा एशोसिएशन अफ सर्टिफाइड चार्टड एकाउन्टेन्ट(एसीसीए) का कक्षा सञ्चालनमा आएको छ । काठमाडौपछि पहिलो पटक झापामा एसीसीएको कक्षा पिके फाइनान्नसियल एकाडेमीले सञ्चालनमा ल्याएको आइतवार (आज) पत्रकार भेटघाटका क्रममा प्रालिका अध्यक्ष गंगाराम बस्नेतले जानकारी दिएका हुन् । 

एकाडेमीले हाल पहिलो लेभलका ४ जना बिद्यार्थी अध्यापन गराइरहेको छ । उक्त एकाडेमीमा माई नगरपालिका–४ का सागर ढुङ्गाना, तेञ्जिङ तामाङ, बुद्धशान्ति–१ का एञ्जल गुरागाई र बिर्तामोड–३ कि कृति श्रेष्ठ अध्यापन गर्दै आएका छन् । उनीहरुका अनुसार घरकै छेउमा उक्त बिषय पढाई भएकाले अध्यापन गरेका हुन् । कृति श्रेष्ठले एमबिबिएस पढ्ने सोच त्यागेर कमाई र पेस्टिजको हिसावले उक्त बिषय रोजेको बताइन् । 

एसीसीए बिषयको पहिलो लेभल एसईई उतिर्ण गरेका बिद्यार्थीले पनि पढ्न सक्ने तर, अर्को लेभलमा जानका लागि कक्षा १२ पास गर्नुपर्ने एकाडेमीका प्रवन्ध निर्देशक तथा शिक्षक प्रज्वल अधिकारीले बताए । उक्त बिषयको एसीसीए ग्लोवलले परिक्षा लिने उनले बताए । बिबिएस र एमबिएस सकेका बिद्यार्थीहरुका लागि पनि केही बिषयहरु नयाँ हुने भएकाले पनि एसीसीएको आकर्षण बढ्दै गएको बताइएको छ ।  एसीसीएमा एकाउन्ट तथा फाइनान्स सम्बन्धि ब्यवसायिक कोर्षहरु समावेश भएकाले बिशेष कोर्ष पूरा गरेर पनि सर्टिफिकेट हासिल गर्न सकिने बताइएको छ । 

एकाडेमीले आगामी शनिवार बिर्तामोडमा सेमिनार गर्ने भएको छ । उक्त सेमिनारमा एकसय वढी बिद्यार्थीको सहभागीता रहने लक्ष्य राखिएको अध्यक्ष बस्नेतले जानकारी दिए । एकाडेमीले  एसीसीए, सीए र सीएटी बिषयमा अध्यापन गराउने बताइएको छ ।