झापा । 

इलामको माई नगरपालिका वडा नम्बर २ को गरुवा बहुमुखी क्याम्पस ब्यवस्थापन समितिको अध्यक्षमा मेघनाथ गिरी सर्वसम्मत् चयन भएका छन् । 

क्याम्पसको १५ औं अधिवेशनबाट १६ कार्यसमिति सदस्यीय चयन भएको क्याम्पस ब्यवस्थापन समितिको उपाध्यक्षमा ठगिन्द्रबहादुर गिरी (पुष्प) चयन भएका छन् भने कोषाध्यक्षमा यदुनाथ दुलाल र सदस्य सचिवमा भूपाल अधिकारी चयन भएका छन् । 

त्यस्तै सदस्यमा ध्रुब श्रेष्ठ, इश्वरप्रसाद राई, धनबहादुर आङ्दाम्वे, चन्द्रकला श्रेष्ठ, हरिप्रसाद आचार्य, डिल्लीमाया चम्लागाई, पवित्रा बुर्जामगर, बिनोद नेम्वाङ, जंगबहादुर बस्नेत, नरबहादुर चेम्जोङ, ठगबहादुर लिम्बु र मुकेश धिताल चयन भएका छन् । 

क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर लुङ्गेलीको अध्यक्षतामा भएको कार्यक्रममा माई नगरका पूर्व मेयर दीपककुमार थेवेको प्रमुख आतिथ्य रहेको थियो । स्वागत क्याम्पस ब्यवस्थापन समितिका उपाध्यक्ष बुद्धिमान कार्कीले गरेका कार्यक्रममा बिशेष अतिथि कन्काई उमाविका प्रअ हरिप्रसाद पौड्याल र नेपाल रेडक्रस सोसाइटी माई शाखाका सभापति मित्रप्रसाद गौतम रहेका थिए । 

कार्यक्रमको सञ्चालन क्याम्पस प्रमुख भूपाल अधिकारीले गरेका थिए । २०६४ सालमा स्थापना भएको उक्त क्याम्पस इलाम जिल्लाको दक्षिणी भेगमा अवस्थित एक मात्र त्रिभूवन विश्वबिद्यालयबाट सम्बधन प्राप्त क्याम्पस भएको अध्यक्ष गिरीले जानकारी दिए ।