भद्रपुर।

मेची प्रादेशिक अस्पताल सुधार समिति र सम्वाद समूह बीच छलफल भएको छ । भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको विविध पक्षको सुधारका लागि गठन भएको सुधार समितिसँग छलफल भएको हो ।

छलफलमा मेची प्रादेशिक अस्पताललाई सुविधा सम्पन्न एवम् गुणस्तरीय बनाउने अभियानमा जुटेको सुधार समितिलाई सधैं सहयोग र सहकार्य गर्ने आपसी सहमति भएको युवा सामाजिक व्यक्तित्व डिल्ली घिमिरे (हिक्मत) ले बताए । 

हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्ने व्यवस्था गरिए पनि नागरिक गुणस्तरीय स्वास्थ्य सेवा सधैँ बञ्चित हुँदै आएको अर्का सामाजिक अभियन्ता शिवकुमार राजभण्डारीले बताए  ।