बिर्तामोड ।

 झापाको बिर्तामोडमा संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिबृद्धि परियोजना–२ को आयोजना तथा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रदेश नं. १ बिराटनगरको संयोजनमा एटुजे परियोजनाले दुईदिने अन्तरक्रिया कार्यशाला शुरु गरेको छ । 

परियोजनाले एकीकृत कानूनी सहायताको अनुगमन तथा प्रतिवेदन प्रणाली कार्यशाला शुक्रवार (आज) शुरु गरेको हो । कार्यशालाको उद्घाटन प्रदेश नं. १ मुख्य सचिव बिनोदप्रकाश सिंहले गरेका थिए । एटुजेका राष्ट्रिय कार्यक्रम निर्देशक फडिन्द्र गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत किशोरकुमार चौधरीले गरेको थिए । उद्घाटन कार्यक्रममा नेपाल बार एशोसिएसनकी महासचिव अन्जीता खनालले शुभकामना मन्तब्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन एटुजेका टेकनाथ सापकोटाले गरेका थिए । 

सोही कार्यक्रममा पूर्वाञ्चल विश्व बिद्यालय र एटुजेबीच क्लीनिकल लिगल एजुकेशन कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतामा पूर्वाञ्चल विश्व बिद्यालय डिन अनिलकुमार पाखरेल र एटुजेका राष्ट्रिय कार्यक्रम निर्देशक फडिन्द्र गौतमले हस्ताक्षर गरेका छन् । 

शुक्रवार एटुजेकी निर्मला सुनुवारले सहभागीको अपेक्षा संकलन, एटुजेका राष्ट्रिय कार्यक्रम निर्देशक फणिन्द्र गौतमले एकीकृत कानूनी सहायता नीति र एकीकृत कानूनी सहायता बिधेयकको बर्तमान अवस्था, नेपाल बार एशोसिएसनकी महासचिव अन्जीता खनालले प्रो बोनो कानुनी सहायता, लैगिक तथा सामाजिक समावेशी बिज्ञ प्रेमबहादुर थापाले कानूनी सहायता प्रतिवेदन प्रणालीको बर्तमान अवस्थामा वारे छलफल गरेका थिए । त्यस्तै उपलब्ध गराइएको कानूनी सेवाको विवरण र सो को प्रतिवेदन प्रस्तुती एटुजेका अनुगमन अधिकृत निर्मला सुनुवार र प्रेम थापाले, एकीकृत प्रतिवेदन प्रणालीका क्रममा सामना गरिएका अवरोध वा समस्या एटुजेका कानुन सहायता अधिकृत टेकनाथ सापकोटा र कानूनी सहायता प्रदायकको लागि एकीकृत प्रतिवेदन प्रणालीका बारेमा निर्मला सुनुवारले स्पष्ट पारेकी थिइन् । 

त्यसैगरी शनिवार (भोली) पहिलो दिनको समिक्षा तथा दोस्रो दिनको कार्यक्रमको झलक एटुजेका टेकनाथ सापकोटाले, कानूनी सहायता तथा प्रतिवेदन प्रणालीमा लैससास मुलप्रवाहीकरण एटुजेका प्रेम थापाले, कानूनी सहायता प्रतिवेदन तथा तथ्याङ्क विश्लेषण एटुजेका सूचना प्रबिधि अधिकृत दिपक दवाडीले, कानूनी सहायता सम्बन्धमा प्रदेश नं. १ को स्वीकृत कार्यक्रम मुख्यमन्त्री कार्यालयकी उपसचिव सुशिला पौडेल भट्टराई र आन्तरिक मामिला तथा कानून गणेश नायकले प्रश्नउत्तर तथा छलफल एटुजेका राष्ट्रिय कार्यक्रम निर्देशक फडिन्द्र गौतमलगायतले गराउने कार्यक्रम रहेको बताइएको छ ।  कार्यशालामा प्रदेश नम्बर १ र प्रदेश नम्बर २ का विभिन्न क्षेत्रका व्यक्तिहरुको प्रतिनिधिमूलक सहभागिता रहेको छ ।