लक्ष्मीपुर । 

झापाको बिर्तामोड–५ मा मुख्य कार्यालय रहेको रामजानकी बचत तथा ऋण सहकारी संस्थाले  सदस्यको मृत्यु पछि ऋण मिनाह गरेको छ । 

संस्थाको सुरुङ्गा सेवाकेन्द्रकी सदस्य बेलाकुमारी दाहाल पौडेलको मृत्यु भएपछि उनको परिवारलाई ऋणबापतको रकम मिनाह गरिएको हो । 

बुधवार (आज) कनकाई–१ जामुनबारी स्थित मृतकको निवासमै पुगेर ऋण वापतको १८ हजार ४८३ रुपैयाँ ५१ पैसा ऋण मिनाहसहित समवेदना र काजक्रिया खर्चबापत १० हजार रुपैयाँ प्रदान गरिएको संस्थाका सचिव शुक्रराज भण्डारीले जानकारी दिए ।

संस्थाका अध्यक्ष दलबहादुर कार्की, उपाध्यक्ष भिमबहादुर थापाले समवेदनासहित काजक्रिया बापतको रकम मृतकका श्रीमान दिलबहादुर दाहाललाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा संस्थाका सदस्य, कर्मचारी, सुरुङ्गा सेवा केन्दका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।