बिर्तामोड ।

 झापा बिर्तामोड–५ को हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले १० औं बार्षिककोत्सव विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले शनिवार(आज) बिर्तामोडमा बिभिन्न कार्यक्रमसहित १० औं बार्षिकोत्सव मनाएको हो । 

संस्थाले मोवाइल बैकिङ सेवा, १० औं बर्षको लोगो सार्वजनिक, आर्थिक बर्ष २०७८/०७९ सम्मको अपरिस्कृत प्रगति विवरण सार्वजनिक, संस्था दर्तादेखि हालसम्म सदस्य रहेका सदस्यलाई सम्मानसहित बार्षिकोत्सव सम्पन्न गरेको थियो । 

संस्थाको बार्षिकोत्सवको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नम्बर १ का कृषिमन्त्री झलकसिंह दर्लामी (सन्देश) गरेका थिए । मन्त्री दर्लामीले पानसमा दीपप्रज्वलनसहित केक काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । 

hamro nepal

संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा कृषिमन्त्री दर्लामी, नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, राष्ट्रिय सहकारी महासंघ केन्द्रिय सदस्य शिव डाँगी, झापा जिल्ला सहकारी संघ लि. अध्यक्ष गणेश ढकाल, जिल्ला बचत तथा ऋण सहकारी संघ लि. अध्यक्ष तुलाराम न्यौपाने, बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाललगायतले शुभकामना मन्तब्य राखेका थिए । 

बार्षिकोत्सवका अवसरमा संस्था दर्तादेखि हालसम्म सदस्य रहेका बुद्धिप्रसाद पाण्डे, कल्पना थापा, प्रमोदकुमार गामी, ग्रहणकुमार राजवंशी, पुनम पराजुली, ओमप्रकाश पौडेल, तारा कार्की र मिना मेचेलाई सम्मान गरिएको थियो । 

२०६९ साउन १४ गते स्थापना भएको संस्थाले झापा, मोरङ र इलाम गरी ३० वटा सेवाकेन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाइएको छ । कार्यक्रमको सञ्चालन संस्थाका सचिव विश्वेश्वरप्रसाद लामिछानेले गरेका थिए ।