झापा। 

राष्ट्रिय परीक्षा बोर्डले बुधवार (आज) एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा गरेको जनाएको छ । नतिजा सार्वजनिक गर्न स्थानीय तहको निर्वाचन साथै विद्यार्थीको विवरण गल्ती नहुने गरी कडाईका साथ  काम भएकाले नतिजा प्रकाशनमा केही ढिलो भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

 शिक्षा क्षेत्रका कर्मचारीदेखि उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी पाएका शिक्षक चुनावमा खटिएकाले उत्तर पुस्तिका परीक्षणमा ढिलाइ भएको जनाइएको छ । यसअघि कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक भए पनि यसवर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा लिएको थियो ।

गत वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा देशभरबाट ५ लाख १४ हजार ९ सय ७७ बिद्यार्थी एसईईमा सहभागी भएका थिए । एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

यसरी हेर्न सकिन्छ नतिजा : 

see