बिर्तामोड । 

झापाको बिर्तामोड–४ को इडन गार्डेन एजुकेशन फाउण्डेशनले कक्षा ११ को कक्षा सञ्चालन गर्ने भएको छ । फाउण्डेशनले यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा ब्यवस्थापन संकाय अन्तरगत  कम्युटर साइन्स र बिजनेस स्टडी बिषय सञ्चालन गर्न लागेको हो । यस बर्षदेखि कक्षा ११ शुरु गरेको बिद्यालयले आगामी बर्षमा कक्षा १२ हुदै ब्याचलरसम्म पठनपाठन गराउने विद्यालयका सह–प्रधानाध्याक खेमराज शर्मा आचार्यले बताए । 

फाउण्डेशनले आइतवार (आज) बिद्यालयमा पत्रकार भेटघाट गर्दै यसै शैक्षिक सत्रदेखि कक्षा ११ शुरु गरेको जनाइएको हो । ‘एल्स टु मात्र होइन’ बिद्यालयका भाइस प्रिन्सिपल आचार्यले भने ‘ब्याचलरसम्म अध्यापन गराउने भिजन हो ।’ उत्कृष्ट फ्यासिलिटी बिद्यार्थीलाई उपलब्ध गराउने योजना समेत रहेको उनले जानकारी दिए । उनका अनुसार बिद्यार्थीले बिभिन्न खेलकूदमा पनि सहभागीता जनाउन पाउने छन् । 

eden

त्यस्तै कक्षा ११ मा भर्ना हुने बिद्यार्थीहरु मध्ये एकजनालाई ल्यापटप समेत प्रदान गरिने उनको भनाई छ । बिद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर आत्मनिर्भर गराउने उदेश्यले बैंक तथा बिभिन्न संघ÷संस्थाका प्रतिनिधि बोलाएर ब्यवहारिक ज्ञान समेत प्रदान गरिने भाइस प्रिन्सिपल आचार्यले जानकारी दिए । 

बिद्यालयबाट एसइइ दिएका ४३ जनासहित दुईसय बिद्यार्थी भर्ना गरिने बिद्यालयका शिक्षक प्रकाश पाण्डेले जानकारी दिएका छन् । विद्यर्थीहरुलाई कक्षा १२ पछि विदेश पढन जानु पर्दा हासिल गर्नुपर्ने ज्ञानहरु दिएर आत्म निर्भर बनाउने जस्ता शैक्षिक कार्यक्रमहरुको कार्यसूची तयार पारिएको विद्यालयका शिक्षक पाण्डेले जनाकारी दिए । 


२०४५ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्म ६ सय जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् भने ३० जना दक्ष शिक्षकहरुले अध्यापन गराई रहेको विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आचार्यले जानकारी दिए ।