बुट्टाबारी ।
लाइन्स क्लब अफ बिर्तामोडले बन्दी सहायता नेपालद्वारा संचालित जुनकीरी प्राथमिक बिद्यालय र मनमाया आमा बालगृहमा खाद्यान्न तथा स्टेशनरी सामाग्री बितरण गरेको छ।
लाइन्स क्लबको बार्षिक कार्यक्रम अन्तर्गत सदस्यहरुको जन्मोत्सवसँगै सामाजिक संघ सस्थालार्इ सहयोग गर्ने कार्यक्रम रहेकोले पूर्व अध्यक्ष निरजकुमार ओलिले आफ्नो जन्मोत्सव कैदी बन्दीका बालबालिकाहरुसँग खाद्यान्न तथा स्टेशनरी प्रदान गरेका हुन् ।
फजुल खर्च गरेर भन्दा असाय बालबालिका तथा बृद्ध आमा बुबाहरुलार्इ सहयोग गरेर जन्मोत्सव मनाउनु उचित रहेको आलीको भनाई छ ।
लाइन्स क्लब अफ बिर्तामोडका अध्यक्ष मनोज बानियाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष तथा समाजसेवी निरजकुमार ओलीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा बिशेष अतिथि बिद्यालयका प्रअ रन्जित परियार, क्लबका पूर्व अध्यक्ष राजकुमार साह, सह–कोषाध्यक्ष राजकुमार गुप्ता, टहलदास ओली, गोबिन्द दुलाल, निरा उप्रेती पत्रकार रन्जित प्रसार्इ लगायतले सराहनीय कार्यको धन्यवाद तथा जन्मोत्सवको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव मनोज रौनियारले गरेका थिए ।