झापा ।
झापामा कोरोना भाइरस संक्रमण दर बढदै गएकोले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डिसिएमसी झापाले आग्रह गरेको छ ।
डिसिएसी झापाको सोमवार (आज) बसेको वैठकको छलफलले कोभिड–१९ को संक्रमण दर बढेकोले मास्क लगाएर मात्र हिड्न, काम नपरी भिडभाडमा नजान, संक्रमणको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा गएर परिक्षण गर्न सवैलाई आग्रह गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा कोभिड–१९ को बुष्टर डोज लगाउन सवै स्थानीय तहलाई अनुरोध गर्ने, संक्रमणको अहिलेको अवस्था विश्लेषण गरी जिल्लामा आवश्यक पर्ने औषधी, मास्क, परिक्षण गर्ने किट, भि.टी.एस. लगायतका अन्य सामाग्री ब्यवस्थापन गर्ने, सवै स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटीलगायत संस्थाहरुले कोभिड–१९ को संक्रमण विरुद्ध सचेतना अबिबृद्धि गर्ने लगायत रहेका छन् ।
त्यस्तै भारत नेपाल नाकाहरुमा कोरोना परिक्षणलाई प्रभावकारी बनाउन आग्रह गरिएको छ ।