बिर्तामोड । 

झापाको बिर्तामोडका ५० जना कृषकहरुलाई स्यालो ट्युबवेलका लागि रकम हस्तान्तरण गरिएको छ । साना सिंचाई कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र सहारा नेपाल साकोसको साझेदारीमा कृषकहरुलाई रकम हस्तान्तरण गरिएको हो । 

शनिबार(आज) सहारा नेपालको कार्यालयमा कृषकहरुलाई ४० हजार रुपैयाँका दरले चेक हस्तान्तरण गरीएको हो । रकम पाउने कृषकहरुमा बिर्तामोड नगरपालिका वडा नम्बर २ का ६ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का २ जना, वडा नम्बर ७ का ९ जना, वडा नम्बर ८ का ६ जना, वडा नम्बर ९ का १५ जना र वडा नम्बर १० का ११ जना रहेका छन् ।

बिर्तामोड नगरपालिका र सहारा नेपालको साझेदारीमा विगत ३ वर्ष देखि विभिन्न क्षेत्रमा अनुदान वितरण हुँदै आएको छ । कार्यक्रममा बोल्दै सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले नगरसँंग विपन्न आवास, कृषि, पशुपंछि र शिक्षाको क्षेत्रमा साझेदारीका कार्यक्रमहरु सञ्चालन हुँदै आएको बताए । उनले कार्यक्रमबाट कृृषकको जिवनस्तर उकास्न, विद्यालय सुधार गर्न र गरिव विपन्न परिवार बस्ने राम्रो वातावरण निर्माण गर्नका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए ।

बिर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरीयाले सहारा नेपालसंगको साझेदारीमा ३ वर्षमा १५० वटा स्यालो ट्युबवेल वितरण गरीएको जानकारी दिए । ५ वर्षको अवधिका बिर्तामोड नगरपालिकाले ६ सय ३७ वटा स्यालो ट्युबवेल वितरण गरेको छ । यस चालु आर्थिक वर्षमामात्रै नगरबाट ६७ वटा र सहारा नेपालसँगको साझेदारीमा ५० वटा ट्युबवेल वितरण गरीएको जनाइएको छ । वितरण गरीएका ट्युबवेलबाट करिब २ हजार विगाह भन्दा बढी जमिनमा सिँचाई पुगेको छ ।