चारपाने ।
झापा बिर्तामोड–२ चैतुबारीका माधवप्रसाद खरेलले ७४ जना विद्यार्थीलाई स्कुल व्याग वितरण गरेका छन् । बिर्तामोड–२ स्थित पञ्चरत्न माध्यमिक विद्यालयका विद्यार्थीलाई आफ्नो जन्मोत्सवको अवसरमा पूर्व विद्यार्थी समेत रहेका खरेलले व्याग वितरण गरेका हुन् ।
खरेलले आज (शनिवार) विद्यालयमै एक कार्यक्रममको आयोजना गरी जन्मोत्सवमा गरिने फजुल खर्च कटाएर व्याग वितरण गरेका छन् । विद्यालयका कक्षा १ देखि ४ सम्मका ७४ जना विद्यार्थीहरुलाई व्याग वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भवानीप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौंलाको प्रमुख आतिथ्य रहेको थियो ।
स्वागत प्रधानाध्यापक योगेन्द्रमणि दाहालले गरेको कार्यक्रमा प्रमुख अतिथि संग्रौंला, वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेलले खरेलको उक्त कार्यको प्रशंसा गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक दलबहादुर खड्काले गरेका थिए ।