बिर्तामोड । 

झापाको बिर्तामोड–३ स्थित सैनिकमोडमा अवस्थित मेची आँखा अस्पतालले २५ औं बार्षिकोत्सवका अवसरमा अस्पतालका संस्थापकसहित कर्मचारी, बिभिन्न संघ÷संगठनलाई सम्मान गरेको छ । 

अस्पतालमा आज (शुक्रवार) आयोजित बार्षिकोत्सवका अवसरमा अस्पतालका संस्थापक भरतलाल गिरी, दिनेश मित्तल, चण्डी पराजुली, भिमबहादुर गुरुङ, अमित गोर्खालीसहितलाई सम्मान गरेको हो । 

सम्मानीत हुनेहरुमा सहारा नेपाल, नेपाल रेडक्रस सोसाइटी झापा, मारवाडी सेवा समिति बिर्तामोड, साना मझौला सहकारी, इन्द्रेणी बहुउदेश्यीय सहकारीसहित झापाका १५ वटै पालिकालाई सम्मान गरेको थियो । 

त्यस्तै पूर्व कर्मचारी डा. संजयकुमार सिंह, डा. सुरजकुमार रौनियर, डा. मेमलाल राजवंशी हाल सेवा रहेका मोहन अधिकारी डा. पुरुषोत्तम जोशी साथै डा. मिनु चौधरीलाई सम्मान गरिएको थियो । 

कर्मचारी प्रशान्त श्रेष्ठ, अमितकुमार सिंह, कविता कार्की, तनुजा दाहाल, भुवनेश्वरप्रसाद राजवंशी, श्रवण सरदार, ज्योती गुरुङ, युवराज राजवंशी, नमूना आचार्य, गणेश राजवंशी, मुना मगर, मनकुमारी सार्की, शर्मिला राजवंशी, दुर्गा बिक, अनिता बिष्ट, डिल्ली सिटौला, कृष्ण श्रेष्ठ, ज्योती खड्का, प्रभात तामाङ, बिनिता लौहारलगायतलाई समेत सम्मान गरिएको थियो । 

अस्पतालका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षमा भएको कार्यक्रममा वेलका नगरपालिकाका मेयर अशोक कार्की, कचनाकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीले सम्मानीतहरुलाई सम्मान गरेका थिए । स्वागत अस्पतालका उपाध्यक्ष सुरेश वंशलले स्वागत गर्दै अस्पतालले अस्पतालले हालसम्म ओपिडी सेवा २५ लाख ९४ हजार ८ सय १३ र सर्जिकल अप्रेशन ३ लाख ३४ हजार ७ सय ८ गरेको जानकारी दिए । उनले अस्पतालले ८ वटा स्थानबाट सेवा दिदै गरेको बताउँदै आँखासँगै नाक, कान र घाटीको पनि सेवा विस्तार गर्ने योजना रहेको बताए । 

कार्यक्रममा समाजसेवी लोकबन्धु कन्दङ्वा, सम्मानीत ब्यक्तित्व अमितकुमार गोर्खालीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अस्पतालका सचिव गणेश पोखरेलले गरेका थिए ।