बिर्तामोड ।

 झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का आशिक मुसहर यतिवेला आर्थिक अभावका कारण उपचारका लागि हस्पिटलमा छट्पटाई रहेका छन् । 

अति विपन्न ५७ बर्षिय मुसहर आर्थिक अवस्था कमजोर भएका कारण बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालको वेडमा उपचार गराई रहेका छन् । 

जनमुक्ति सेनाका सदस्य समेत रहेका मुसहर टुवेल (कल) गाड्ने मजदुरी काम गर्दै आफ्नो र परिवारको जीविका चलाउँदै आएको बताउँछन् । अहिलेसम्म उपचारमा दुईलाख रुपैयाँ खर्च गरिसहेका उनी केही दिन अघि खोक्दा सास थुनिएपछि हाल उपचारका लागि हस्पिटलमा भर्ना भएका हुन् । हस्पिटलमा रहेका उनको केमो लगाउँदै आएको नेकपा(माओवादी केन्द्र) प्रदेश नम्बर १ सदस्य कुँबेर श्रेष्ठले जानकारी दिए । 

उनको छात्तिमा क्यान्सर भएको हुनसक्ने  डाक्टरहरुले बताएको उनको भनाई छ । ऐलानी जग्गामा घर भएका उनी विरामी परेपछि उपचारको खर्चसँगै परिवारको खर्च धान्न धौधौ परेको बताउँछन् ।

उनले सहयोगी भावना भएका संघ÷संस्था तथा ब्यक्तिलाई उपचारका लागि आर्थिक सहयोग गरिदिन अनुरोध समेत गरेका छन् । एनआइसी बैंक गौरादहमा आशिक मुसहरको नाममा रहेको खाता नं. ०८७५७५२१३२३०५००१ मा सकेको आर्थिक सहयोग गरेर आफ्नो जीवन बचाईदिन सवै समक्ष अपिल गरेका छन् ।