बुट्टाबारी । 

बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा, गङ्गा आमा, जगल गार्डेन ब्वाइज होम र जुनकीरी प्राबि अर्जुनधारा ११ का एक सय १५ जना बालबालिकाहरुलार्इ खाद्यन्न तथा लत्ताकपडा  वितरण गरिएको छ । 

बुद्धशान्ति गाउँपालिकाका हाल अमेरिका बस्दै आएका मदन पाठककि जीवन साथी मौसमी पाठकको ४४ औं जन्मदिनको अवसरमा बालबालिकाहरुलाई एक छाक खाना खुवाउदै खाद्यान्न र लत्ताकपडा समेत बितरण गरिएको हो । 

होटलमा गएर जन्मदिन मनाउनु भन्दा बालबालिकाहरुको भोक नै ठुलो रहेको भन्दै  बालबालिकासँग विविध कार्यक्रमका बिच मौसमी पाठकले आफ्नो जन्मदिन मनाएकी हुन्।

मदन पाठकले सस्थापक इन्दिरा राना मगरले हजारौंकि आमा बनी यो पुन्य कार्यमा केही सहयोग गर्न सकिन्छ कि भनेर बालबालिकाहरुलाई शिक्षा, स्वास्थ र आवासको ब्यवस्थापनमा बार्षिक एक लाख पचास हजार रुपैयाँ सस्थालार्इ सहयोग प्रदान गर्ने पाठकले जानकारी गराइन् । 

कार्यक्रम झापा शाखाका अध्यक्ष जगतबहादुर मगरको अध्यक्षता, स्वागत शिक्षक गिता खरेलले गरेको कार्यक्रमको सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।