बिर्तामोड ।
झापाको बिर्तामोडका एक बालकलाई आर्थिक अभावका कारण ब्लड क्यान्सरको उपचारमा समस्या भएको छ । बिर्तामोड ३ स्थित मेघाबारी टोलका २० महिनाका बालक युसेफ भट्टराईलाई ब्लड क्यान्सर भएको हो ।
करिब १ महिना देखि विरामी भएका बालकको भारतको राजीब गान्धी क्यानसर अस्पतालमा महंगो खर्चमा उपचार भईरहेको छ । दिल्ली स्थित राजीब गान्धी अस्पतालको बेडमा ब्लड क्यान्सर रोगसंग लडिरहेका उनी गत महिना एक्कासी बिरामी भएको उनका बुबा रामप्रसाद भट्टराईले बताए ।
उपचारका लागि अस्पताल लैजांदा ब्लड क्यानसर भएको पत्ता लाग्यो । छोरा बिरामी भएपछि बैदेशिक रोजगारीको शिलशिलामा कुबेतमा रहेका रामप्रसादले आफु नेपाल फर्किएको बताए । उपचारमा हाल सम्म ५ लाख भारतीय रुपैंयाँ खर्च भईसकेको छ । चिकित्सकले बताए अनुसार पुर्णरुपले सन्चो गर्दासम्म उपचार खर्च ३० लाख भारतीय रुपैंयाँ लाग्ने बालकका बुबा रामप्रसादको भनाई छ ।
‘कसरी औषधि उपचार खर्च जुटाउने आफुसग भएको पैसा सकियो मोटो रकम कसरी जुटाउने भन्ने चिन्ता छ उनी भन्छन्, छोराको जिवन रक्षाको लागी दाताहरुलाई अनुरोध गर्ने बाहेक अन्य विकल्प आफुसगं छैन ।’
यति मोटो रकम आफुसंग नभएकोले छोराको जिवन रक्षाको लागि सवैमा अनुरोध गरेको बुवा राप्रसादले बताए । उनका अनुसार सहयोग गर्ने दाता, संघ, संस्थाले रामप्रसाद भट्टराईको नाममा बिर्तामोड शाखामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको खाता नम्बर ०१८०५०८०२५१९६९ मा सकेको सहयोग गरिदिन भट्टराईले अनुरोध गरेका छन् ।