झापा । 

झापाको बिर्तामोड–२ मा प्रमुख कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बाख्रा पालन समूहलाई नश्ल सुधारका लागि दुई वोयर बोका वितरण गरेको छ । 

साकोसले शिवसताक्षी वडा नं. १० स्थित दोमुखा सहारा बाख्रा पालन समूहलाई ८५ हजार र विर्तामोड–७ स्थित श्री चेतना बाख्रा, कुखुरा, बंगुर पालन समूहलाई ७३ हजार रुपैयाँ मूल्यको बोयर बोका शनिवार (आज) बितरण गरेको हो । 

साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीद्धारा संस्थाको आगामी कार्यक्रम अन्र्तगत १० हजार कृषि उद्यमी सदस्य बनाउने लक्ष्य अनुसार आफ्ना शेयर सदस्यका दुई वटा बाख्रा पालन समूहलाई नश्ल सुधारका लागि बोका बितरण गरेको सहारा नेपालका राजु गिरीले जानकारी दिए । 

शिवसताक्षी–१० का वडाअध्यक्ष हर्क शिवुको अध्यक्षता तथा सहारा नेपाल साकोसको दुधे शाखाकी प्रमुख मेनुका शिवाकोटीको उस्थितिमा दोमुखा सहारा बाख्रा पालन समूहलाई प्रदान गरिएको हो भने विर्तामोड– ७ स्थित श्री चेतना बाख्रा, कुखुरा, बंगुर पालन समूहकी अध्यक्ष शशिकला बरालको अध्यक्षता तथा सहारा नेपाल साकोस बुट्टाबारी शाखा प्रमुख खगेन्द्र निरौलाको उपस्थितिमा बोयर बोका वितरण गरिएको हो । 

कार्यक्रम व्यवस्थापन तथा हस्तान्तरण कार्यक्रममा सहारा नेपाल साकोसका एग्री विजनेस यूनिटका प्रमुख डा. कमलेश्वर भाटले वेयर बोका हस्तान्तरण गर्दै बाख्रा पालनमा नश्ल सुधार आवश्यकता, महत्वका बारे प्रस्ट पारेका थिए । उनले आगामी दिनमा सहारा नेपाल साकोसले व्यवसायीक कृषि तथा उद्यमीहरुलाई संस्थाले निन्तर रुपमा पशुपालनमा प्राविधिक ज्ञान उपलब्ध गराउदै आत्म निर्भर बनाउने कुरालाई जोड दिएका थिए । कार्यक्रममा एग्री विजनेस यूनिका प्रविन कोइराला, श्रृजना आचार्य, विनोद दाहालको समेत उपस्थित रहेको थियो ।

कार्यक्रमको सञ्चालन सहारा नेपाल एग्री विजनेस यूनिटका कृषि कार्यक्रम संयोजक राजेन्द्र खरेलले गरेका थिए ।