झापा । 

नेपाल रग्बी संघ झापाको पुर्नर गठन भएको छ । सोमवार चन्द्रगढीमा भएको संघको पुर्नर गठनबाट अध्यक्षमा महेन्द्र खनाल चयन भएका छन् । समितिको उपाध्यक्षमा अभिषेक खड्का, सौरभ न्यौपाने, सचिवमा दिनेश कार्की र कोषाध्यक्षमा रोशन न्यौपाने चयन भएका छन् । 

१५ सदस्यीय समिति चयन भएको संघको सदस्यमा करण गौतम, सुमन कार्की, सरोज चौहान, अर्जुन भट्टराई, टासी लामा, बिबेक चम्लागाई, मौसम राई, एलिन खड्का, हरि दाहाल र केशव भुजेल चयन भएका छन् । 

त्यस्तै प्रदेश साधारण सभाका लागि दुईजना र केन्द्रिय साधारणसभाका लागि एकजना प्रतिनिधि समेत छनौट गरेको छ । प्रदेशका लागि अग्नि दाहाल र महेन्द्र खनाल प्रतिनिधि छनौट भएका छन् भने केन्द्रको लागि अनिल सुवेदी प्रतिनिधि छनौट भएका छन् । 

जिल्ला खेलकूद विकास समितिका प्रतिनिधि सुरेन्द्र गिरीको बिशेष आतिथ्य तथा नेपाल रग्बी संघका प्रतिनिधि किरण गिरीको उपस्थितिमा समिति पुर्नरगठन र प्रतिनिधि छनौट भएको जनाइएको छ । कार्यक्रममा अग्नि आचार्य, संदिन प्रसाईलगायतको उपस्थिति रहेको थियो ।